९ कम्पनीको शेयरमूल्य समायोजन


काठमाडौँ । ९ कम्पनीको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ।

यस दिन नेप्सेमा स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। आइतबार समायोजित मूल्यका आधारमा दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  ०७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।