३ लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण


गण्डकी । सन् २०२५ मा २ लाख ९९ हजार ८ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् ।

यो प्रसिद्ध पदयात्रास्थलको भ्रमण दक्षिण एसियाली मुलुकका १ लाख ७७ हजार ६२८ र अन्य मुलुकका १ लाख २२ हजार २०३ ले गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रबीन कडरियाले बताए। सन् २०२४ मा २ लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए भने सन् २०१९ मा १ लाख ८१ हजार पर्यटक भित्रिएका थिए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत स्थल आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य हुन् ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।