काठमाडौँ । सुपरमादी हाइड्रोपावर लिमिटेडकोे लकइन अवधि आगामी माघ २१ गतेपछि सकिने भएको छ । योसँगै कम्पनीको १ करोड ९८ लाख ८९ हजार १०० कित्ता सेयरको बजारमा आउने हो ।
कम्पनीले सर्वसाधारणका लागि २०७९ साल माघ २३ गते शेयर बाँडफाँड गरेको थियो। सोही मितिबाट तीन वर्षका लागि लकइनमा रहेको संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर माघ २१ पछि कारोबार हुने छ ।
कम्पनीका अनुसार लकइन अवधि सकिन लागेका शेयरहरूमध्ये संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, आयोजना प्रभावित स्थानीयको ११ लाख २ हजार ५०० कित्ता र कर्मचारीको ४४ हजार १०० कित्ता रहेका छन् । माघ २१ पछि यी शेयरहरू दोस्रो बजारमा खरिद–बिक्रीका लागि योग्य हुनेछन् ।












प्रतिक्रिया