नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १०.२९ अङ्कले घटेर दुई हजार ६१०.६३ को बिन्दुमा कायम भएको हो ।

आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.६२, उत्पादन तथा प्रशोधन १.०४ र व्यापार समूह ०.३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.१४, विकास बैंक ०.८०, वित्त ०.१३, जलविद्युत ०.४९, लगानी ०.३२, जीवन बीमा ०.८८, लघुवित्त ०.३२, म्युचुअल फन्ड ०.२९, निर्जीवन बीमा ०.८६ र अन्य समूह १.६९ प्रतिशतले घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.३२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा धेरै ३० करोड ६५ लाख ८५ हजार ७६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको छ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।