यी कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आज नेशनल लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले पुस २२ गते, बुकक्लोज गर्दैछन्। नेशनल लघुवित्त वित्तीय संस्थाले पुस ३० गते, बुधबार, अरनिको पार्टी प्यालस बनेपामा वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले चुत्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

यता, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चुत्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन र तोकिएको लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  ०९ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।