सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार, कारोबार रकम ७ अर्बमाथि


काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से ९.९३ अंकले बढेर २६४९.३० अंकमा पुगेको छ । कारोबारमा आएका ३३४ वटा कम्पनीका १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयरहरु ८८ हजार ३६२ पटक किनबेच हुँदा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्से २८.७३ अंकले बढेर २६३९.३७ अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ पुगेको थियो ।

मंगलबार उत्पादन तथा प्रशोधन समूह ४६.०४ अंकले र होटल तथा पर्यटन समूह १६.७२ अंकले घट्दा अरु सबै उपसुचकमा सुधार आएको छ ।

जीवन विकास लघुवित्तको र थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा एसवाई प्यानल नेपाल २४ करोड ८८ लाख ३६ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ भने बुटवल पावर कम्पनी २३ करोड ६७ लाख र शिवम् सिमेन्ट २३ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

 

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।