काठमाडौँ । नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।
निगमले गत आव ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरी १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गर्न सफल भएको डा. भट्टले बताए । यता, सरकारी स्वामित्वको निगमलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरेर आइपिओ जारी गर्ने तयारी गरिएको उनले बताए ।
कार्यक्रममा उनले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासलाई दिए । उनले निगमले १ खर्ब २४ अर्ब रुपैयाँ बराबर राजस्व योगदान गरेको बताए । कार्यकारी निर्देशक भट्टले २०७१ सालमा सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’ नै निगम इतिहासमा सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा सावित भएको र यसैका कारण निगम आज आर्थिक रूपमा मजबुत बनेको उल्लेख गरे ।
यसैगरी, पोखरामा ३ हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण गृह निर्माण सम्पन्न भएको उनले बताए । ‘प्रविधितर्फ निगमले अमलेखगञ्ज, भैरहवा र थानकोट डिपोमा ‘फ्लो मिटर’ जडान गरेर तेल चोरी र चुहावट नियन्त्रणमा पारदर्शिता ल्याएको छ,’ उनले भने, ‘ईआरपी प्रणालीमार्फत व्यवसायीले मोबाइलबाटै तेल अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले मानवीय हस्तक्षेप घटाएको छ ।’
निगमले पछिल्ला वर्षहरूमा पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको जनाएको छ । मोतिहारी–अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा आइसकेको छ ।
यसबाट ढुवानी खर्च बचत भई उपभोक्ताले प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको भट्टको भनाइ छ । दुर्गमका ३७ स्थानमा नयाँ पेट्रोल पम्प खोलेर बोतलको महँगो इन्धन किन्नुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य लिएको निगमले संस्थालाई पब्लिक लिमिटेडमा लगेर सर्वसाधारणका लागि सेयर जारी गर्ने र ४ सय ५० किलोको ठूलो सिलिन्डर प्रचलनमा ल्याउने विषयमा समेत अध्ययन गरिरहेको पनि उनले बताए ।
करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा देशभरि दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण गर्नु आफैंमा चुनौतीपूर्ण रहेको भन्दै डा. भट्टले कर्मचारीको लगनशीलताको प्रशंसा गरे ।
निगमले पछिल्ला वर्षमा पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको बताएको छ । मोतीहारी–अमलेखगन्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगन्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारगृह सञ्चालनमा आइसकेको छ । यसबाट ढुवानी खर्च बचत भई उपभोक्ताले प्रतिलिटर दुई रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको डा.भट्टको भनाइ छ । यसैगरी, पोखरामा तीन हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारगृह निर्माण सम्पन्न भएको छ ।
‘प्रविधितर्फ निगमले अमलेखगन्ज, भैरहवा र थानकोट डिपोमा ‘फ्लो मिटर’ जडान गरेर तेल चोरी र चुहावट नियन्त्रणमा पारदर्शिता ल्याएको छ,’ उनले भने, ‘इआरपी प्रणालीमार्फत व्यवसायीले मोबाइलबाटै तेल अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले मानवीय हस्तक्षेप घटाएको छ ।’ पूर्वाधारतर्फ सिलगुडी–चारआली र मोतीहारी–सर्लाही एलपिजी पाइपलाइन निर्माणका लागि भारतीय पक्षसँग छलफल अघि बढाइएको कार्यकारी निर्देशक भट्टले बताए ।










प्रतिक्रिया