काठमाडौं । पछिल्लो समय बैंकबाट ऋण लिन निकै सहज बन्दै गएको छ । ऋणको ब्याजदर सस्तो भएको छ भने बैंकले पनि केही क्षेत्रमा प्राथमिकता दिएर ऋण विस्तार गरिरहेका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा ब्याजदर घट्दो क्रममा रहँदा घरकर्जा झनै आकर्षक बनेका छन् । यदि तपाईं घर बनाउने सोचमा हुनुहुन्छ भने बैंकहरूले सस्तो ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आइरहेका छन् । यही अवसरलाई सही ढंगले उपयोग गर्न चाहनेहरूका लागि नबिल बैंकले विभिन्न अफरहरू ल्याइरहेको छ ।
सस्तो घरकर्जामा पनि नबिल बैंकले भने विशेष अफरसहित घर तथा आवास कर्जा उपलब्ध गराउँदै आइरहेको छ । सस्तो ब्याजदर र बैंकको अफरको सही सदूपयोग गर्दै ऋण परिचालन गर्ने सोचमा हुनुहुन्छ भने नबिल बैंकको हाउजिङ
लोन तपाईंको लागि उत्तम विकल्प बन्न सक्छ । सस्तो ब्याजदर, आकर्षक कर्जा–मूल्य अनुपात र लामो कर्जा अवधिसहित नबिल बैंकले ग्राहकलाई घरकर्जा उपलब्ध गराउने लक्ष्यसहित यस्तो योजना अगाडि सारेको हो । नबिल बैंकको आधार दर ५.२३ प्रतिशत रहेको छ । बैंकले सार्वजनिक गरेको अफरहरूमा प्रिमियम दर पनि निकै कम छ । यसले ग्राहकहरूलाई आफ्नो आवश्यकता अनुसारको योजनामा सहभागी भएर घर निर्माणका लागि कर्जा लिन सहज बनाएको छ ।
नबिल स्मार्ट नारी घरकर्जा
नबिल बैंकले ग्राहकहरूको सहजता र आवश्यकता अनुसार फरक फरक अफरसहित घरकर्जा उपलब्ध गराउँदै आइरहेको छ । तीमध्ये नबिल स्मार्ट नारी घरकर्जा अझ बढी ग्राहकको आकर्षणमा देखिन्छ ।
नविल स्मार्ट नारी घरकर्जा नारीको स्वाभिमान र पहिचानसँग जोडिएको छ । महिला शसक्तीकरणलाई जोड दिनका लागि नबिलले यस किसिमको घरकर्जा योजना सार्वजनिक गरेको हो । यो योजना महिलाहरूका लागि विशेष आवास कर्जा योजना समेत हो । यसमा किस्ता रकमका साथै किस्ता तिर्ने अवधि पनि आफ्नै सुविधा अनुसार राख्न सकिनेछ ।
यस योजनाको मुख्य आकर्षण भनेकै आफ्नो आम्दानीअनुसार किस्ता तिर्न सकिने लचिलो व्यवस्था हो । अधिकतम ३५ वर्षसम्मको कर्जा अवधिले मासिक आर्थिक भार कम गर्न सहयोग पु¥याउँछ । प्रतिस्पर्धी ब्याजदर र सरल प्रक्रियाका कारण स्थायी तथा स्वरोजगार महिलाहरूका लागि यो कर्जा थप पहुँचयोग्य बनेको छ । यस कर्जामा सेवा शुल्क ०.५ प्रतिशतमात्रै रहेको छ ।
यस योजनामा कुनै पनि पूर्व भुक्तानी शुल्क लाग्ने छैन र कर्जा लिने नारीहरूलाई २ लाख रुपैयाँसम्मको बिना शुल्क लाइफटाइम फ्रि क्रेडिटकार्ड सुविधा समेत उपलब्ध गराइनेछ । साथै निशुल्क पूर्वभुक्तानी सुविधा समावेश गरिनुका साथै विभिन्न होटल, हेल्थ केयर, रेष्टुरेन्ट लगायतका क्षेत्रमा आकर्षक छुट सुविधासमेत राखिएको छ ।
महिलाको नाममै घर बनाउनका लागि यो अफर निकै सहयोगी बन्ने बैंकका प्रतिनिधिहरू बताउँछन् । यसले महिलाहरूका लागि वित्तीय पहुँचमात्र नभई दायित्व लिनसमेत अग्रसर बनाउने हुन्छ । यसले नारी सशक्तीकरणमा विशेष सहयोग गर्ने बैंकको विश्वास छ ।
यो कर्जा योजना महिलालाई आफ्नै नाममा घर निर्माण, खरिद वा पुनर्निर्माण गर्ने अवसर प्रदान गर्दै आर्थिक सशक्तीकरणको व्यवहारिक आधार तयार गर्न केन्द्रित छ ।
नेपालको सामाजिक संरचनामा अझै पनि घर–जग्गा प्रायः पुरुषको नाममा रहने परम्परा छ । यस्तो अवस्थामा महिलालाई स्वामित्व र पहिचानसहितको घर उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको बैैंकले जनाएको छ । तसर्थ यो योजना केवल बैंकिङ उत्पादन मात्र नभई सामाजिक परिवर्तनको एउटा माध्यमसमेत हो । महिलाको नाममा घर हुँदा पारिवारिक सुरक्षासँगै आर्थिक निर्णयमा उनीहरूको भूमिका बलियो हुने विश्वास बैंकको छ ।
‘नबिल ढुक्क घर कर्जा’
नारी घरकर्जासँगै घर कर्जाका लागि अर्को आकर्षक कर्जा योजना ‘नबिल ढुक्क घर कर्जा’ हो । यस योजना अन्तर्गत बैंकले ३० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउँदै आइरहेको छ ।
यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा दिइरहेको छ । जसमा ७ वर्षको लागि प्रति वर्ष ७.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ९.४९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ । यस योजनामा ब्याजदरमा हुने उतारचढावले प्रिमियम दरमा हुने परिवर्तनबाट जोगाउँछ । अर्थात्, निश्चित ब्याजदर भएपछि ऋणी ढुक्क हुन सकिन्छ ।
नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ७० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् । यस योजना अन्तर्गत दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गराउने बैंकले जनाएको छ ।
सामान्य आवश्यकताका लागि ‘नबिल सामान्य घरकर्जा’
घरकर्जाको आधारभूत तर भरपर्दो विकल्प हो, नबिल सामान्य घरकर्जा । यस योजनाअन्तर्गत बैंकले आकर्षक फ्लोटिङ ब्याजदरमा अधिकतम ३५ वर्षसम्मका लागि आवास कर्जा उपलब्ध गराउँदै आएको छ ।
घर खरिद, अपार्टमेन्ट किन्ने, नयाँ घर निर्माण गर्ने वा मर्मत तथा विस्तारका लागि प्रयोग गर्न मिल्ने नबिलको सबै घर कर्जामा प्रतिस्पर्धी सेवाशुल्क÷ब्याजदर सुविधा समावेश छ । लामो कर्जा अवधिका कारण मासिक किस्ताको भार कम पर्न जान्छ, जसले मध्यम वर्गीय परिवारका लागि पनि घर बनाउने सपना सम्भव बनाउँछ ।
वातावरणमैत्री सोचका लागि ‘सस्टेनेबल हाउजिङ लोन’
दिगो विकास र हरित आवास अवधारणालाई प्रोत्साहन गर्न नबिल बैंकले सस्टेनेबल हाउजिङ लोन सञ्चालनमा ल्याएको छ । ऊर्जा–दक्ष प्रविधि, वातावरणमैत्री निर्माण सामग्री तथा दिगो डिजाइनमा आधारित घर निर्माणका लागि यो कर्जा लक्षित गरिएको हो ।
आकर्षक फ्लोटिङ ब्याजदर, २० वर्षसम्मको कर्जा अवधि र प्रतिस्पर्धी सेवा शुल्क सुविधासहित उपलब्ध यो योजनाले वातावरण संरक्षणसँगै दीर्घकालीन ऊर्जा बचत हुने आवास निर्माणमा लगानी गर्न प्रोत्साहन गर्छ ।
सबैका लागि घर : अफोर्डेबल हाउजिङ लोन
आवासको पहुँच आम नागरिकसम्म पु¥याउने उद्देश्यसहित नबिल बैंकले अफोर्डेबल हाउजिङ लोन ल्याएको छ । किफायती ब्याजदर र सहज प्रकृयामा घर निर्माण गर्न चाहनेहरूका लागि यो योजना लक्षित गरिएको हो ।
अधिकतम ३५ वर्षसम्मको कर्जा अवधिले मासिक किस्ता न्यून राख्न मद्दत गर्छ । सरल प्रक्रिया र व्यवहारिक सर्तका कारण पहिलो पटक घर बनाउनेहरूका लागि समेत यो कर्जा सहज विकल्प बनेको छ ।
नबिल बैंकका यी सबै घरकर्जा योजनाहरू घर खरिद, अपार्टमेन्ट खरीद, नयाँ घर निर्माण, मर्मत–विस्तार तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको घरकर्जा लोन स्वापका लागि प्रयोग गर्न सकिन्छ ।
ग्राहकको आम्दानी, आवश्यकता र भविष्य योजनाअनुसार कर्जा छनोट गर्न सकिने भएकाले नबिल बैंकको हाउजिङ कर्जा केवल कर्जा नभई दीर्घकालीन आवास समाधानको आधार बनेको छ ।












प्रतिक्रिया