शिक्षामन्त्री पुनले दिए राजीनामा


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।

पुनले आफ्नो अभियानलाई अघि बढाउन राजीनामा दिएको उनले जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले पनि शिक्षामन्त्री पुनको राजीनामा आएको पुष्टि गरेका छन् ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १० : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।