तीन महिनामा टिकटकले हटायो कुल २८ लाख २९ हजार ६१२ वटा भिडियो


काठमाडौँ । टिकटकद्वारा २०२५ तेस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिकटिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रतिबद्धता जनाउँदै २०२५ तेस्रो त्रैमासिक ९त्त३ २०२५० कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।

जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्याङ्क समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गर्दछ, जसले विश्वव्यापी प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न मद्दत पुर्याएको छ।

यस तीन महिनाको अवधिमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल २८ लाख २९ हजार ६१२ वटा भिडियो हटाइएका छन्। जुलाईदेखि सेप्टेम्बरसम्म सक्रिय रूपमा सामग्री हटाउने दर ९९.७ प्रतिशत रहेको छ, जसमध्ये ९८.० प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए।

विश्वव्यापी रूपमा, यस त्रैमासिकमा टिकटकले कुल २०४ मिलियन (२० कराेड ४५ लाख ३४ हजार ९३२) भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०‍‍।७ प्रतिशत हो। हटाइएका भिडियोहरूमध्ये १८ कराेड ६६ लाख ८ हजार ८१ भिडियो अटोमेटिक डिटेक्सन प्रविधिको प्रयोगमार्फत पहिचान गरी हटाइएका थिए भने थप रिभ्युपछि ८९ लाख ५० हजार ७३५ भिडियो पुनस्स्थापना गरिएका थिए।

सक्रिय रूपमा हटाउने दर ९९।३ प्रतिशत रहेको थियो, जसमा ९४।८ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट २४ घण्टाभित्र हटाइएको थियो। प्लेटफर्मको विश्वसनीयता कायम राख्न यस अवधिमा टिकटकले ११ कराेड ८६ लाख १८ हजार ३९९ नक्कली अकाउन्ट हटाएको छ भने १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशङ्कामा थप २ कराेड २२ लाख २६ हजार ५४२ अकाउन्ट पनि हटाइएको छ।

रिपोर्ट अनुसार हटाइएका कुल भिडियोहरूमध्ये ३० प्रतिशतमा संवेदनशील वा वयष्क विषयवस्तु समेटिएका थिए, जुन टिकटकको कन्टेन्ट पोलिसीसँग मेल खाँदैन। थप १५।७ प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने २।७ प्रतिशतले गोपनीयता तथा सुरक्षासम्बन्धी गाइडलाइन उल्लङ्घन गरेका थिए। यसका अतिरिक्त, ३२।९ प्रतिशत भिडियो गलत सूचना (मिसइन्फर्मेशन) का रूपमा फ्ल्याग गरिएका थिए भने ३४।४ प्रतिशत हटाइएका भिडियो सम्पादन गरिएका वा एआईबाट सिर्जना गरिएका कन्टेन्टका रूपमा फ्ल्याग गरिएका थिए।

कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टको नियमित प्रकाशनले कन्टेन्ट तथा अकाउन्ट सम्बन्धी कारबाहीको परिमाण र प्रकृतिबारे स्पष्ट जानकारी प्रदान गर्दछ, जसले पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई अझ बलियो बनाउँछ। त्त३ २०२५ रिपोर्ट सम्बन्धी विस्तृत जानकारी तथा टिकटकका कन्टेन्ट गाइडलाइन, टुल्स र पोलिसीबारे जान्न टिकटकको ट्रान्सपेरेन्सी सेन्टर भ्रमण गर्न सकिन्छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।