लगातार रेकर्ड कायम राख्दै सुनचाँदीको मूल्य


काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनचाँदीको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि सोमबार पनि हालसम्मकै उच्च विन्दुमा सुनचाँदीको कारोबार भएको थियो । आज सुन तोलामा २ हजार ७०० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर रेकर्ड बनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६९८.७६ अमेरिकी डलर र चाँदी ९४.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।