काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्ष (अप्रिल २०२५–मार्च २०२६) का लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको अनुमान बढाएर ७।३ प्रतिशत पु¥याएको छ । यसअघि आईएमएफले भारतको आर्थिक वृद्धिदर ६।६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।
आईएमएफको यो नयाँ अनुमान भारत सरकारद्वारा सोही अवधिका लागि गरिएको ७।४ प्रतिशतको प्रक्षेपणभन्दा थोरै मात्र कम हो ।
आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तेस्रो त्रैमासिक (अक्टोबर–डिसेम्बर २०२५) मा अपेक्षाभन्दा बलियो आर्थिक वृद्धि देखिनु र चौथो त्रैमासिक (जनवरी–मार्च २०२६) मा पनि ‘मजबुत गति’ कायम रहनुले वृद्धिदरको अनुमान बढाउन सहयोग पुगेको हो ।
यद्यपि, प्रतिवेदनमा चक्रीय तथा अस्थायी कारकहरू कमजोर हुँदै जाँदा सन् २०२६ र २०२७ मा भारतको आर्थिक वृद्धिदर घटेर ६।४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको भनिएको छ ।












प्रतिक्रिया