उच्च विन्दुमा पुगेको सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदी कै मूल्य घटेको छ । बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनचाँदीको मूल्य आज घटेको हो । आज सुन तोलामा २ हजार ९०० रुपैयाँले घट्दा चाँदी ५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसैगरी, बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी ५ हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन ऐतिहासिक मूल्य हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७९७.६९ अमेरिकी डलर र चाँदी ९३.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।