हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर


अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ। शनिबारदेखि सुरु भएको आँधीले हजारौं उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको छ।

मौसमविद् एलिसन सान्तोरेलीले चेतावनी दिनुभयो, “हिउँ र बरफ पग्लन ढिलो हुनेछ र यसले उद्धार कार्यलाई कठिन बनाउनेछ।” अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ राज्यका लागि आपतकाल घोषणा गरे। संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपतकालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको छ। होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सबैलाई ुसुरक्षित स्थानमा बस्नु सल्लाह दिए ।

लुइसियाना र टेक्ससमा विद्युत आपूर्ति बाधित

बरफ र भारी हिउँले प्रभावित क्षेत्रहरूमा १ लाख ४० हजारभन्दा बढी घरधुरीमा बिजुली आपूर्ति बन्द भएको छ। टेक्ससको शेबली काउन्टीमा बरफले रुखहरू भत्काउँदा करिब एक तिहाई विद्युत ग्राहक प्रभावित भए। लुइसियानाको डेसोटो पेरिशमा पनि रुख र चरिको झर्ने कारण आधाभन्दा बढी घरधुरीमा बिजुली पुगेको छैन।

उडानहरू रद्द

शनिबार र आइतवार अमेरिकाभर १३ हजारभन्दा बढी उडान रद्द भएका छन्। प्रमुख हवाईअड्डाहरूमा उडान सेवामा ठूलो अवरोध देखिएको छ, जसमध्ये डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय हवाईअड्डामा ७०० भन्दा बढी उडान रद्द भएका छन्।

उत्तरी र मिडवेस्टमा अत्यधिक चिसो

मिडवेस्टमा हावाको चिसो ४० डिग्री फरेनहाइट (४० डी. सेल्सियस) सम्म पुगेको छ। मिनियापोलिसमा प्रदर्शनकारीहरू ६ डिग्री फरेनहाइट (२१ डी सेल्सियस) तापक्रममा निस्किएका थिए।

विद्यालय र सार्वजनिक कार्यक्रम रद्द

न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फीलाडेल्फिया र मेम्फिसमा विद्यालय बन्द गरिएका छन्। ग्रान्ड ओले ओप्रीले शनिबारको प्रस्तुति दर्शकविहीन सम्पन्न गरेको छ। मौसमविद् जोश वीसले भने, “यस आँधीको विशेषता यसको व्यापक प्रभाव क्षेत्र र त्यसपछिको अत्यधिक चिसो हो।”

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।