वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो


पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा चार खर्ब ३८ अर्ब २१ करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।

गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको छ महिनामा भने तीन खर्ब ८० अर्ब छ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए।

चालु आवको छ महिनामा ९० अर्ब छ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब तीन करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ महिनामा ३० अर्ब एक करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड रुपैयाँ पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब चार करोड रुपैयाँ पर्ने कपडाहरु आयात भएका छन् ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार  ०७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।