काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाफा ४३.०५ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.६६ प्रतिशतले बढेर १ अर्ब ९ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशतले घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७७ करोड २५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
बैंंकको इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको सञ्चालन मुनाफा ४०.५९ प्रतिशतले घटेर २ अबृ ४० करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.२० गुणा रहेको छ।
त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ। समिक्षा अवधिमा बैंकले ५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब ३४ करोड २० लाख रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया