नेपाल टेलिकममा ८० जनाको लागि जागिर खुल्यो


काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो ।

टेलिकमले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्मका १२ वटा पदमा ८० जना कर्मचारी नियुक्त गर्ने जनाएको छ । भर्ना प्रक्रिया लोक सेवा आयोगको सहकार्यमा सञ्चालन गरिनेछ ।

इच्छुक तथा योग्य उम्मेदवारले अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिने अन्तिम म्याद आगामी फागुन ७ गतेसम्म रहेको छ । सो म्यादभित्र आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।