एनआईसी एशिया बैंकका सेयरधनीको हात खाली


काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।