काठमाडौं । नेपाल पत्रकार महासंघले उपत्यकामा कार्यरत पत्रकारहरूका लागि निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी पत्रकारहरूलाई निर्वाचनको समयमा मर्यादित र जिम्मेवार बनाउन कार्यक्रमको आयोजना गरिएको हो ।
महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा निर्वाचन आयुक्त जानकी तुलाधर थिइन् । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पत्रकारहरूले समाचार लेख्दा सधैं नियम र मर्यादा पालना गर्नुपर्ने बताइन् । साथै यस्ता कार्यक्रमले पत्रकारहरूको क्षमता बढाउन मद्दत गर्ने उनको दाबी थियो । साथै उनले उपत्यकामा सुरू भएको कार्यक्रम शनिबारदेखि सातै प्रदेशमा सुरु गरिने जानकारी गराइन् ।
यस्तै निर्वाचन आयुक्त तुलाधरले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पत्रकारको भूमिका संवेदनशील र महत्वपूर्ण हुने बताइन् । उनले भनिन्, “पत्रकारले सधैं सत्य र सन्तुलित समाचार मात्र दिनुपर्छ ।” उनले स्वतन्त्र र जिम्मेवार पत्रकारीताले लोकतन्त्रलाई बलियो बनाउने बताइन् ।










प्रतिक्रिया