सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा २०५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १४२.४१ अमेरिकी डलर र चाँदी ८४.४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।