होर्मुज जलमार्ग चाँडै खोलिने ट्रम्पको दाबी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग चाँडै खोलिने दाबी गरेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतले सो व्यापारिक मार्गमा आफ्ना युद्धपोतहरू पठाउने आशा व्यक्त गरेका हुन् । धेरै देशहरूले उक्त प्रमुख ढुवानी मार्ग खुला र सुरक्षित राख्न युद्धपोतहरू पठाउने पनि ट्रम्पको भनाइ छ ।

अमेरिकाले तटीय क्षेत्रमा भीषण बमबारी गर्ने र इरानी डुंगा तथा जहाजहरूलाई निरन्तर पानीमा डुबाइदिने ट्रम्पको चेतावनी छ । अमेरिकाले इरानको सैन्य क्षमता १०० प्रतिशत नष्ट गरेको दाबी गर्दै ट्रम्पले उनीहरूका लागि ड्रोन र छोटो दूरीका मिसाइलहरू प्रयोग गर्न अझै पनि सजिलो रहेको बताएका छन् ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  ०९ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।