१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा


जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।

गएराति करिब ११ बजे पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहित कार नियन्त्रणमा लिएको थियो ।

कार चालक फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले बरामद गाँजा र कारलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले बताए।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।