काठमाडौँ । प्रभु बैंक लिमिटेडले “बचत गर्ने बानी” भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत चैत्र ०२ गतेदेखि देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ।
उक्त अभियानअन्तर्गत बैंकको बौद्ध शाखाले साना, मझौला तथा लघु उद्यम सञ्चालन गरिरहेका ४७ जना व्यवसायीहरूलाई लक्षित गरी एक दिने वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ। होटल अनुत्तरा, बौद्धमा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई वित्तीय सेवा लिँदा आवश्यक प्रक्रिया, कागजात तथा वित्तीय संस्थाबाट ऋण सुविधा लिनका लागि आवश्यक योग्यता सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। यस कार्यक्रममार्फत व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाउने उद्देश्य राखिएको बैंकले जनाएको छ।
प्रभु बैंक लिमिटेडले हाल नेपालभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटिएम तथा ६८ विस्तारित काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नाराका साथ बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै ग्राहकहरूको विश्वास कायम राख्दै अघि बढिरहेको जनाएको छ।












प्रतिक्रिया