काठमाडौँ। इन्फिनिक्सले आगामी २० मार्चमा नोट ६० प्रो, नोट ६० र नोट एज स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। किफायती मूल्यमा उच्चस्तरीय सुविधा उपलब्ध गराउने लक्ष्यसहित यो शृंखला बजारमा ल्याउन लागिएको हो।
नोट ६० प्रो र नोट ६० लाई उच्च कार्यसम्पादन, भरपर्दोपन र आकर्षक डिजाइनसहित प्रस्तुत गरिएको छ। नोट ६० प्रोमा स्न्यापड्रागन ७एस जेनेरेशन ४ पाँच जी प्रविधि र थ्रीडी आइसकोर भिसी कूलिङ सुविधा रहेको छ भने नोट ६० मा डाइमेन्सिटी ७४०० अल्टिमेट पाँच जी चिपसेट प्रयोग गरिएको छ।
त्यस्तै, प्रिमियम डिजाइनसहित आएको नोट एजमा मिडियाटेक डाइमेन्सिटी ७१०० पाँच जी प्लेटफर्म समावेश गरिएको छ, जसले शक्ति र शैलीको सन्तुलन प्रदान गर्ने कम्पनीले जनाएको छ।












प्रतिक्रिया