इटहरीमा ‘रमादा बाइ विन्धम’ होटल सञ्चालनमा


काठमाडौँ । ग्रान्ड सेन्ट्रल होटल प्रालिले इटहरीको पशुपति मार्गमा अन्तर्राष्ट्रिय ब्रान्ड ‘रमादा बाइ विन्धम’ होटल सञ्चालनमा ल्याएको घोषणा गरेको छ। विन्धम होटल्स एण्ड रिसोर्ट्ससँगको सहकार्यमा स्थापना भएको यो होटलले पूर्वी नेपालको बढ्दो व्यापारिक केन्द्र इटहरीमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा भित्र्याएको कम्पनीले जनाएको छ ।

८१ वटा सुसज्जित कोठासहित होटलमा रेष्टुरेन्ट, बार, हेल्थ क्लब, स्पा, स्विमिङ पुल तथा बैठक–सम्मेलनका लागि ब्याङ्क्वेट र मिटिङ रुम सुविधा उपलब्ध छन् ।

कम्पनीका संचालक देश बन्धु बस्नेतले इटहरीमा गुणस्तरीय होटलको माग बढिरहेको बताउँदै यसले स्वदेशी तथा विदेशी यात्रुलाई लक्षित सेवा दिने बताए। विन्धमका प्रतिनिधिले पनि यो परियोजना दक्षिण एसियाका उदाउँदा शहरहरूमा विस्तार रणनीतिअनुसार रहेको उल्लेख गरे ।

होटल सञ्चालनसँगै विन्धमको नेपालमा उपस्थिति थप बलियो बनेको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।