काठमाडौँ । प्रभु बैंक लिमिटेडको कमलादी शाखाले “स्मार्ट मनि ट्याक्स” भन्ने मूल नारासहित ‘ग्लोबल मनि विक २०२६’ अन्तर्गत प्रभातफेरी आयोजना गरेको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित उच्च पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रभातफेरी कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी हुँदै पुनः शाखामै पुगेर समापन गरिएको थियो ।
कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी सन्देश बोकेका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरिएको थियो ।
प्रभु बैंकले देशभर ३१२ शाखा, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।










प्रतिक्रिया