सुनको मूल्य घट्दा चाँदीमा बढोत्तरी, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्दा चाँदीमा बढोत्तरी आएको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ८० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, मंगलबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३७.८९ अमेरिकी डलर र चाँदी ६६.७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।