नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यको शपथ आज हुँदै


काठमाडौं । आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथको कार्यक्रम आयोजना हुने भएको छ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथ गराउने तयारी भएको हो ।

संसद् सचिवालयका अनुसार, ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने छन् ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  ०८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।