ऊर्जा मन्त्रीद्वारा महाशाखाहरूको अनुगमन, सेवा प्रवाह सुधारमा जोड


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले आज मन्त्रालयअन्तर्गतका सम्पूर्ण महाशाखाहरूको समग्र अवस्था, प्रगति तथा विद्यमान चुनौतीबारे स्थलगत अनुगमन तथा विस्तृत समीक्षा गरेका छन्।

अनुगमनका क्रममा मन्त्रीले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन जोड दिँदै सम्बन्धित निकायलाई परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन निर्देशन दिएका छन्।

साथै, उनले राष्ट्रको ऊर्जा विकास, जलस्रोतको दिगो उपयोग तथा सिँचाइ प्रणालीको सुदृढीकरणमार्फत समग्र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार  १७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।