नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट


काठमाडौँ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन सोमबार पनि उच्च अङ्कको गिरावट देखिएको छ ।

सोमबार नेप्से परिसूचक ४७.७१ अङ्कले घटेर २८३१.३९ को बिन्दुमा कायम भएको छ । यो १.६५ प्रतिशतको गिरावट हो । आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सोमबार २३७ कम्पनीको शेयर मूल्य घट्दा २६ वटाको मात्र बढेको छ । रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाईड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सोलु हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।