काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । आज एकैदिन सुन तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी तोलामा १४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५६८.०७ अमेरिकी डलर र चाँदी ७२.१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया