काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ३ हजार ६०० रुपैयाँले र चाँदी तोलामा १६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६७४.९२ अमेरिकी डलर र चाँदी ७२.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया