लगातार दुई दिन सुनको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्यमा कुनै घटबढ भएको छैन । अघिल्लो कारोबार दिन (शुक्रबार) कुनै परिवर्तन नभएको सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । सुनको उक्त मूल्य बिहीबार कायम भएको मूल्य हो ।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको उक्त मूल्य शुक्रबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६७६.४ अमेरिकी डलर र चाँदी ७२.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।