चलचित्र ‘आबाट आमा’ को कमाई कति पुग्यो ?


काठमाडौँ । चलचित्र ‘आबाट आमा’ को कमाइ १३ करोड रुपैयाँ नाघेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार आबाट आमाले चैत २१ गते मध्यरातसम्ममा १३ करोड बढी आम्दानी गरेको हो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र आबाट आमा र हामी तीन भाईको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको आबाट आमा चलचित्रले हालसम्म ५ लाख ४ हजार २७५ वटा टिकट बिक्रीबाट १३ करोड १३ लाख ६१ हजार रुपैयाँ कलेक्सन गरेको हो । उक्त चलचित्र चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

चैत १३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘हामी तीन भाइ’ ले हालसम्म ६ लाख ३२ हजार रुपैयाँ कमाई गरेको छ । हालसम्म सो चलचित्रको २ हजार २८५ वटा टिकट बिक्री भएका छन् । सो चलचित्र मधुसूदन भट्टराईको निर्देशनमा तयार भएको हो ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।