काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६६२.३४ अमेरिकी डलर र चाँदी ७३.१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया