काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ६०० रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६५५.७१ अमेरिकी डलर र चाँदी ७२.३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया