काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७४८.७३ अमेरिकी डलर र चाँदी ७५.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया