सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य


काठमाडौँ । सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मूल्य निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि नयाँ दररेट निर्धारण गरिएको हो ।

चालु आर्थिक वर्षमा गहुँको न्युनतम मूल्य ३ हजार ९४५ रुपैयाँ प्रतिक्विटल र धानको २ हजार ८५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल मूल्य निर्धारण गरिएको छ । यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो । १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २०० ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ ।

गत वषको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ ८ पैसा वृद्धि भएको हो । गत आर्थिक गत वर्षमा गहुँको मूल्य ३ हजार ८६७ रुपैयाँ ३८ पैसा प्रतिक्वीन्टल र चैते धानको २ हजार ८०० रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो ।

सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।