३४ सयले बढ्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि


काठमाडौँ । शुक्रबार सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा प्रतितोला सुनको मूल्य २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको हो ।

अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ९२ हजार ७०० रुपैयाँ रहेको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि बढेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ८१० रुपैयाँ रहेको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुन चाँदीको मूल्य निर्धारण हुने गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६०८.६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदी भने प्रतिऔंस ७३.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।