काठमाडौँ । पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गराएको सरकारले आज बिहानैदेखि काठमाडौँको अन्य क्षेत्रमा डोजर चलाइरहेको छ ।
बिहान बल्खु, माछापोखरीलगायत क्षेत्रमा रहेको डोजर अहिले शंखमुलको अव्यवस्थित तथा सुकुमवासी बस्ती पुगेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । उक्त समय सकिएलगत्तै शंखमुल क्षेत्रमा डोजर चलेको हो ।
सरकार आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारीमा जुटेको छ ।












प्रतिक्रिया