काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको कमाई सार्वजनिक गरेको छ । बोर्डले बैशाख १९ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो ।
चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र राम नाम सत्य, परालको आगो र पहाडको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार गत चैत २७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र राम नाम सत्यले एक लाख २० हजार ९२६ वटा टिकट बिक्री गर्दै ३ करोड ३९ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको उक्त चलचित्र माइकल चन्दले निर्देशन गरेका हुन् ।
त्यसैगरी, कमाइको हिसाबले दोस्रो स्थानमा चलचित्र ‘परालको आगो’ रहेको छ । बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको सो चलचित्रले पहिलो साता नै राम्रो कमाई गरेको छ । चलचित्रले हालसम्म एक लाख १० हजार ४४२ वटा टिकटबाट ३ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको हो । उक्त चलचित्र लक्ष्मण सुनारको निर्देशनमा तयार भएको हो ।
त्यसैगरी, नयाँ वर्षकै अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पहाड’ले २० हजार २६५ वटा टिकटबाट ६३ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको छ । सो चलचित्र तुलसी घिमिरेको लेखन तथा निर्देशन तयार भएको हो ।












प्रतिक्रिया