काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । काठमाडौँको सुन्धारामा रहेको बानियाँको कार्यालय, ललितपुरको घर, मकवानपुरको हेटौँडामा रहेको कार्यालय र घरमा विभागले छापा मारेको हो ।
बानियाँले ठेक्कापट्टा मार्फत कम्पनीमा आएको मोबिलाइजेसन रकमबाट सेयर खरिद गरेको र अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान थालेको जनाएकाे छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत भएसँगै सरकारले बानियाँलाई अनुसन्धानको दायरामा ल्याएको छ । ठेकेदार समेत रहेका बानियाँको कम्पनीले निर्माणको ठेक्का लिएका धेरै आयोजनाहरूको काम रुग्ण र अलपत्र अवस्थामा रहेका छन् ।
नेपाली कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका बानियाँ गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए ।












प्रतिक्रिया