एकैदिन झण्डै ६ हजारले बढ्यो सुनको भाउ


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आज एकै दिन सुन तोलामा ५ हजार ८०० रुपैयाँले बढेको हो. ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६४९.२६ अमेरिकी डलर र चाँदी ७५.६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।