नेपाल टेलिकमको ई–सिम अब अनलाइनबाटै


काठमाडौँ । नेपाल टेलिकमले नयाँ प्रिपेड ई–सिम सेवा अब अनलाइनमार्फत उपलब्ध गराएको छ । यससँगै सेवाग्राहीले ई–सिम लिन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।

सेवाग्राहीले अनलाइन प्रणालीमा लगइन गरी आवश्यक विवरण दर्ता गरेर वालेट वा क्यूआर कोडमार्फत शुल्क भुक्तानी गरेपछि ई–सिमको क्यूआर कोड प्राप्त गर्न सक्नेछन् । उक्त कोड स्क्यान गरी मोबाइल सेटिङमार्फत सहजै ई–सिम सक्रिय गर्न सकिनेछ ।

यसअघि प्रयोगमा रहेको सिमलाई पनि अनलाइनमार्फत ई–सिममा रूपान्तरण गर्ने सुविधा उपलब्ध छ । साथै, नयाँ सिमका लागि आवश्यक फारम भर्न तथा ग्राहक विवरण दर्ता वा अद्यावधिक गर्ने अनलाइन सेवा समेत सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १३ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।