नागढुङ्गा मुग्लिन सडक अलपत्र पार्ने ठेकेदार शर्मा पक्राउ


काठमाडौँ । नागढुङ्गा मुग्लिन सडक आयोजनाको ठेक्का लिएर काम अलपत्र पारेको आरोपमा निर्माण व्यवसायी रमेश शर्मा पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार शर्मालाई पक्राउ गरेको हो। उनीमाथि सरकारी ठेक्का समयमा सम्पन्न नगरी आयोजना प्रभावित बनाएको आरोप छ।

सहरी विकास मन्त्रालयको निर्देशनमा पक्राउ गरिएका शर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि मन्त्रालयमा बुझाइएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।