काठमाडौँ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख २६ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार चलचित्र परालको आगोको कमाई ४ करोड नाघेको छ । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र परालको आगो र राम नाम सत्य बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।
बैशाख ११ गतेदेखि प्रदर्शन आएको चलचित्र ‘परालको आगो’ले यतिबेला गत चैत २७ गते प्रदर्शन भएको चलचित्र ‘राम नाम सत्य’को व्यापारलाई पछि पारेको छ ।
चलचित्र परालको आगोले एक लाख ४३ हजार ७२५ वटा टिकट बिक्री गर्दै ४ करोड २५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको उक्त चलचित्रमा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारीलगायत कलाकारहरू मुख्य भूमिकामा छन् ।
त्यस्तै, चलचित्र राम नाम सत्यले एक लाख २१ हजार ४०५ वटा टिकटबाट ३ करोड ४० लाख ८१ ह्जार रुपैयाँ आम्दानी गरेको बोर्डले जनाएको छ ।
नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रमा बिराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुसी कार्की लगायतका कलाकारको अभिनय छ । चलचित्रको निर्देशन माइकल चन्दले गरेका हुन् ।












प्रतिक्रिया