आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा


काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । उनले आज (बुधबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षका लागि नियुक्ती गरेको थियो। उनी कांग्रेस कोटाबाट निगममा नियुक्त भएका थिए।

सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । एक साताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले भट्टलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् । सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने क्रममा दोस्रो चरणमा हटाइने सूचीमा भट्ट पनि परेका थिए ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार  १६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।