काठमाडौँ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलका लागि पल्स दर परिमार्जन गर्दै ६० सेकेन्डको नयाँ अवधि लागू गर्ने जनाएको छ । अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकमा ००, १४२४, १४२५ र १४४५ एक्सेस कोड प्रयोग गरी कल गर्दा उक्त पल्स दर लागू हुनेछ ।
नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिअनुसार ५८ देशमा यो व्यवस्था लागू गरिनेछ । नयाँ दर २०८३ जेठ १ गतेदेखि लागू हुने जनाइएको छ ।
यस व्यवस्थाअन्तर्गत अमेरिका, चीन, भारत, ब्राजिल, सिंगापुर, साउदी अरेबिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, थाइल्यान्ड लगायतका देशमा कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।
नेपाल टेलिकमका अनुसार अन्तर्राष्ट्रिय कल गर्नका लागि सुरुमा एक्सेस कोड, त्यसपछि कन्ट्री कोड र अन्त्यमा सम्बन्धित नम्बर डायल गर्नुपर्ने व्यवस्था रहेको छ ।












प्रतिक्रिया