बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान


बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको उल्लेख छ । बागमती प्रदेश सरकारमन्त्री परिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ बजेका लागि आह्वान गर्ने निर्णय गरेको थियोे । उक्त अधिवेशन आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  १४ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।