उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण र कोषाध्यक्षमा मनिषलाल विजयी


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन् । आज (शुक्रबार) सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार वैद्य र प्रधान भारी मतान्तरले विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित सुरकृष्ण वैद्यले ५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र सघईले ३० मत पाए ।
त्यसैगरी, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान भारी मतका साथ विजयी भएका छन् । प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ मत पाए ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।